एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु
एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु भएको हो ।
आजको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।
महानगर र उपमहानगरका एमाले उम्मेदवार छनोट गर्ने बैठकका मुख्य एजेण्डा रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । हालसम्म ललितपुर, भरतपुर र वीरगन्जबाट एक÷एक जनाको नाम मात्रै प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । पोखरा, काठमाडौ र विराटनगरबाट उम्मेदवारमा सिफारिस भएका नामहरूबाट टुंगो लगाउने एमालेको तयारी छ ।
