ग्यासका सिलिण्डर लिएर लाइनमा

ग्यासका सिलिण्डर लिएर लाइनमा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

अनामनगरस्थित नेपाल ग्यासको डिपोअगाडि रित्ता सिलिन्डर लिएर बिहिबार बेलुकादेखि सर्वसाधारण लाइनमा बसेका छन्।

सरकारले दैनिक उपभोग्य वस्तु अभाव नभएको बताइरहेको छ। भारतबाट आउने ग्यास, पेट्रोलियम पदार्थ पनि नियमितरुपमा आइरहेको छ। तर, मानिसहरु धमाधम खाद्य वस्तुहरु जोहो गर्न दौडधुप गरिरहेका छन्।

यस्तै एक दिन ग्यास नआएको भरमा हल्लैहल्लामा सर्वसाधारण उपभोक्तमा खाना पकाउने एलपी ग्यासका सिलिण्डर लिएर लाइनमा बसेका छन्।

यति धेरै लाइन लागेको नेपाल ग्यासको अनामनगरस्थित डिपो सञ्चालकले समेत ग्यास अभाव नभएको र नआत्तिन उपभोक्तालाई आग्रह गरे पनि लाइन निकै लामो भएको छ।

‘ग्यासको अभाव छँदै छैन’ सञ्चालकले भने, ‘अभाव छैन, लाइन लाग्नुपर्दैन भनेका छौ, तर कसैले पनि हाम्रो कुरा नसुनेर खाली सिलिन्डरको लाइन लगाउनु भएको छ।’

यस्तै वाणिज्य विभागले पनि नेपालमा ग्यास अभाव नभएको दाबी गरेको छ। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us