गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल संग एनआरएनए अध्यक्ष रबीना थापाको नेतृत्वमा भेटघाट

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)का प्रतिनिधी मण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संग भेटघाट गरेका छन् । पोखरामा मंगलबार भएको भेटघाटमा मुख्यमन्त्री पोखरेलले विदेशमा रहेर पनि मातृभुमि नेपाललाई निरन्तर माया गर्नु भएकोमा एनआरएनएको प्रसंसा गरेका छन् । उनले विदेशमा नेपालीहरुले सिकेका ज्ञान सीप र आर्जन गरेको सम्पत्तीलाई स्वदेश हितमा लगानी गर्न आग्रह गरे ।
संघ अध्यक्ष रबीना थापाको नेतृत्वमा मुख्यमन्त्री पोखरेललाई भेट्न पुगेको टोलीमा महिला सचिव राधिका गुरुङ (टिका), सहकोषाध्यक्ष अमृता थापा (कंचन), र प्रकाश पुनलगायतको सहभागिता रहेको प्रवक्त सोम सापकोटाले बताए ।उनलेका अनुसार भेटघाटमा संघले गण्डकी प्रदेश र नेपालमा काम गर्न सक्ने कामको क्षेत्रका बिषयमा छलफल भएको थियो । अध्यक्ष थापाले डायस्पोरामा रहेका नेपालीहरु नेपाल समृद्ध बनाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन् । उनले नेपाल सरकार सँग हातेमालो गर्दै आइरहेको संघले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवबद्धता व्यक्त गरिन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us