सिट बाँडफाँटको छलफल जारी
सिट बाँडफाँटको छलफल जारी
काठमाडौँ — महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको थियो ।
नेकपा एकीककृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू यस अघिदेखि नै छलफलमा छन् । बैठकमा पाँच वटै दलका नेताहरूले आ–आफ्नो पार्टीको दाबी पेस गरेका छन् भने सोमबार साँझसम्म सिट बाँडफाँटको सहमति हुने नेताहरूले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा बोल्दै सोमबार साँझसम्म महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको टुंगो लगाउने गरी छलफल भइरहेको बताएका थिए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिका सदस्यहरू सहभागी छन् ।
