बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गरेका थिए ।  

सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए । “नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकले सुन्दर गन्तव्यकारुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ”, उनले भने। सन्तोषसहित टिमका सहभागी अन्य सेफको आगमन र नेपाल भ्रमणलेसमेत नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको भन्दै उनीहरुलाई पनि बोर्डले सम्मान गरेको बताए ।
सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्वमञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको जनाए । उनले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको धारणा राखे । सेफ साहले आफ्नो साथमा आएको टिमलाई पुनःनेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह गरे । 

यस्तै सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कलासंस्कृतिका बारेमा जान्न पाउँदा खुसी लागेको बताए । नेपाल साँच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै उहाँहरुले नेपाल सबैका लागि प्रिय देश रहेको बताए ।  

वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफको नेपाल भ्रमणले गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गरिन् । 

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाहसहितको टोली अप्रिल ७ तारिखदेखि नेपाल भ्रमणमा रहेको छ । उक्त टोली नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएर काठमाडौँ फर्किएको छ ।
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us