दुर्घटना, ४ जनाको मृत्यु

दुर्घटना, ४ जनाको मृत्यु

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले रातोपाटीलाई बताए । ग १ ज ७३९९ नम्बरको जिप डाँडाखर्कबाट वालिङ बजारतर्फ जाँदै थियो ।

दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेर जिप चालक ५५ वर्षीय दिलबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारु र ३५ वर्षका योगेन्द्र थापा घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ ।

१८ वर्षीया नबिना सारु र १९ वर्षीया लक्ष्मी डालाको अवस्था अध्यम छ । गम्भीर घाइते भएकालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको डिएसपी अधिकारीले जानकारी दिए । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us