आइपिएलः मुम्बईको लगातार पाँचौ हार

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले पाँचौ हार व्यहोरेको छ।

पुनेमा बुधबार राति पन्जाब किङ्ससँग १२ रनले पराजित हुँदै मुम्बईले पाँचौं हार व्यहोरेको हो ।

पञ्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो।

यस्तै जितेश शर्माले ३० रन बनाउँदा साहरूख खानले १५ तथा जोनी बेयरस्टोले १२ रन बनाए।

मुम्बईका बासिल थाम्पीले सर्वाधिक २ विकेट लिए। जस्प्रित बुमराह, मुरुगन आश्विन, जयदेव उनादकटले १–१ विकेट लिए। 

यो जितसँगै पञ्जाब तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष ६ टिम सबैको समान ६-६ अंक भए पनि रनरेटका आधारमा राजस्थान रोयल्स शीर्ष स्थानमा छ। यस्तै दोस्रो स्थानमा कलकत्ता नाइट राइडर्स, चौथोमा लखनउ सुपरजाइन्ट, पाँचौमा गुजरात टाइटन्स र छैठौंमा रोयल च्यालेन्जर्स बैंलोर छन्।

समान ४-४ अंक रहेका दिल्ली र हैदारावाद क्रमशः सातौ र आठौं स्थानमा छन्।  २ अंक जोडेको चेन्नई नवौ र अंकविहिन मुम्बई पुछारमा छन्।

© 2022 All Right Reserved DiasporaNepal