पाँच दलीय गठबन्धनले स्थानीय तहमा वडासम्म नै तालमेल
पाँच दलीय गठबन्धनले स्थानीय तहमा वडासम्म नै तालमेल
४ वर्षs अगाडि
डायस्पोरा नेपाल
पाँच दलीय सत्तारुढ गठबन्धनले स्थानीय तहमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्र मात्रै तालमेल गर्ने र अन्य दलहरूसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले चुनावी तालमेलका आधार पनि तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु टुंगो लगाएको छ ।
