डलर खाता खोल्न एनआरएनएले सहजीकरण गर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन । नेपालमा डलरको अभाव हुन नदिन गैरआवासीय नेपाली संघ (एनआरएनए) विशेष पहलकदमी लिदै डलर एकाउन्ट खोल्ने अभियान चलाउन बृहत अन्तरक्रिया गर्न लागेको छ । गत सोमबार संघका अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा थप दुई अध्यक्षहरु डा. बद्री केसी र रविना थापाले भोली १३ अप्रिलको कार्यक्रममा सफल बनाउन पहल गर्ने निर्णय गरेका हुन् ।
संघका अधिकांश पदाधिकारीहरुको बैठकले विदेशी मुद्रा (डलर)को कमीलाई कसरी कम गर्न सकिन्छ भनेर एनआरएनए आइसीसीले अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर लगायतको उपस्थितिमा १३ अप्रिलमा जुममार्फत छलफल गर्ने कार्यक्रम तय भएको कार्यक्रमलाई व्यवस्थित र बढी सहभागीता गराउने पहल गरेको छ । उक्त छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र एकाउन्ट बाट कम्तीमा एक हजार डलर सम्बन्धित देशको बैंकमार्फत नेपालमा ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
यसैगरी बैठकले विदेशबाट अनलाइनमार्फत डलर एकाउन्ट खोल्दा आइपर्ने प्राविधिक समस्या, डलर डाइरेक्ट पठाउँदा, नेपालमा डलर एकाउन्ट खोलेर बचत गर्दा र आवश्यक परेको बेलामा उक्त रकम फिर्ता लग्दा देखिने समस्यालगायत अन्य गैरआवासीय नेपालीका लागि मौद्रिक नीतिमा भएका समस्याको बारेमा अध्ययन गरि उक्त अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गर्न उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल समेत गठन गरेको छ ।
छलफललाई मूर्तरूप दिन संघले दुई दिनभित्र कार्यक्रममा सबै राष्ट्रिय समितिमार्फत अधिकतम गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा जोड्न प्रचारप्रसारको लागि महासचिवद्वय गौरी जोशी र डा. केशव पौडेलको नेतृत्वमा सम्पुर्ण उपमहासचिव, सचिव र प्रवक्ता रहने गरी प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

आकस्मिक बैठकले कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरी डलर एकाउन्ट खोल्नको लागि चाहिने कागजी प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी विश्वभरका गैरआवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय गरेको प्रवक्ता सोम सापकोटाले जनाए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us