इंग्ल्याण्ड राज्य परिषद् संरक्षकमा न्यौपाने र श्रेष्ठ चयन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले ललित न्यौपाने र दीपक श्रेष्ठलाई संरक्षक बनाएको छ । परिषद्को बैठकले एनआरएनए युरोप उपसंयोजक न्यौपाने र परिषद् पुर्व अध्यक्ष श्रेष्ठलाई संरक्षकमा चयन गरेको हो ।

इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष लालबहादुर गुरुङले एनआरएनए युकेलाई क्षेत्रीय अवधारणामा लैजाने महत्वपुर्ण भुमिका निर्वाह गरे अभियन्ताहरुलाई सम्मान गरेको बताए ।
यसअघि नै परिषद्ले सल्लाहकार चयन गरिसकेको थियो । एनआरएनए अभियानलाई लण्डनमा मात्र सीमित नराखि बेलायतभर फैलाउन दुबै अभियन्ताले महत्वपुर्ण भुमिका निर्वाह गरेको अध्यक्ष गुरुङले बताए ।

© 2022 All Right Reserved DiasporaNepal