एनआरएनए अध्यक्षद्वय द्वारा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मा समक्ष संघका मागहरु प्रस्तुत

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले मंगलवार बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । एनआरएनएमा अध्यक्ष चयन भएपछि संयुक्त रुपमा उनीहरुले गैरआवासीय नेपालीहरुको माग समेटिएको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
उनीहरुले संघको १०औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउंदै हाल सम्म संघले गरेका र भविष्यमा गरिने मुख्य गतिविधिहरु बारे जानकारी गराउनु गराएका थिए ।
एनआरएनए प्रबक्ता सोम सापकोटाका अनुसार अध्यक्ष आचार्यले संघले आफ्नो स्थापना कालदेखि प्रतिवद्धता जाहेर गरे अनुरुप कम्तिमा १० अर्ब नेपाल भित्र्याई संस्थागत रुपमा सामूहिक लगानीको आधारशिला खडा गर्दै नेपालको विकासमा सहभागी भई लगानीको अवसर प्रदान गर्न नेपाल सरकारको सहयोगमा एनआरएन नेपाल डेभलपमेण्ट फण्ड स्थापना गरेको बताए । यस कार्यमा नेपाल सरकारले संस्थापक लगानीकर्ताको रुपमा रु. ५० करोड रकम फण्डमा जम्मा गर्ने प्रतिबद्धता जाहेर गरी सहयोग गरेकोमा नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गरे । साथै उहांले गैरआवासीय नेपालीहरुबाट हुने लगानीलाई सहजीकरण गर्न, नेपालको संविधानले दिएको आर्थिक तथा सामाजिक अधिकार उपभोग गराउन सहजीकरण गर्नकोलागि कानुनी संरचना सुधारको कदम चाल्नकोलागि पहल गरिदिनहुन माननीय अर्थ मन्त्रीलाई अनुरोध गरे ।
जवाफमा मन्त्री शर्माले गैरआवासीय नेपालीहरुले राष्ट्रको समृद्धिका लागि गरेको योगदानको प्रशंसा गरे । उनले हाल गैरआवासीय नेपालीहरुको लगानीमा देखा परेको कानुनी अड्चनलाई फुकाएर अध्यधिक मात्रामा गैरआवासीय नेपालीहरुको लगानीलाई नेपाल भित्र्याउन नेपाल सरकार कटिबद्ध रहेको जानकारी दिए । उनले गैरआवासीय नेपालीहरुले ५० अरबको लगानी नेपालमा ल्याएमा नेपाल सरकारको तर्फबाट थप १० प्रतिशत रकम त्यस फण्डमा जम्मा गरिदिने प्रतिबद्धता समेत व्यक्त गरे । आचार्यले १०औं गैरआवासीय नेपाली विश्व सम्मेलनबाट आएका निष्कर्ष तथा योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन हुन अनुरोध गरे ।

एनआरएनएका मागहरु
१०० कोठाको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रमम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिने सम्बन्धमा ।
देशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनकालागि पहल गरिदिने सम्बन्धमा
नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधयेक बनाएर यथासक्दो छिटो पारित गर्ने सम्बन्धमा ।
कम्तिमा १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धि भएका कानूनी बाधा अड्चनलाई फुकाउनका लागि सहजीकरण गरिदिने सम्बन्धमा ।वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कलायणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिने सम्बन्धमा ।

संघले राखेका ५ वटा विषयमा अर्थमन्त्री शर्मा सकारात्मक रहेको र नेपाल सरकारको तर्फबाट यसमा सहयोग हुने प्रतिबद्धता जनाएको प्रवक्ता सापकोटाले जनाए । भेटवार्तामा एनआरएन नेपाल डेभलपमेण्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईको सहभागीता थियो ।
त्यस्तै आचार्यले नेपाल सरकारको मुख्य सचिव शंकरदास वैरागीसंग पनि भेटघाट गरेका छन ।
आचार्यले संघको १०औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउंदै हाल सम्म संघले गरेका र भविष्यमा गरिने मुख्य गतिविधिहरु बारे जानकारी गराए । उनले विश्व सम्मेलनबाट आएका निम्न निष्कर्ष तथा योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन हुन अनुरोध गरे ।

© 2022 All Right Reserved DiasporaNepal