माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटको सुनुवाई चैत २७ गते

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ – न्यायाधीश नहकुल सुवेदीले माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादीको वैधानिकताविरुद्ध परेको रिटको सुनुवाइ गर्न अस्वीकार गरेपछि अर्को पेशी चैत २७ गतेका लागि तोकिएको छ।

आइतबारको न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका सांसदविरुद्ध दायर गरेको मुद्दा पेशी तोकिएको थियो।

न्यायाधीश सुवेदीले यसअघि नै सोही प्रकृतिको मुद्दाअन्तर्गत एमालेबाट एकीकृत समाजवादी रोजेका सोमप्रसाद पाण्डेको मुद्दा हेरेको भन्दै आइतबारको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेका हुन्।

आइतबार सुनुवाइ हुन नसकेपछि अब ती रिटहरको सुनुवाइ चैत २७ गतेबाट हुने आदेश भएको हो।

यसअघि सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले चैत २० गते (आइतबार)देखि नियमित सुनुवाइ गर्न भनेको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us