गैर आवासीय नागरिकताको लागि विधेयक बनाउने सहित एनआरएनएको सरकारलाई पाँच बुँदे अनुरोध

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

एनआरएनएले गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर पारित गर्न सरकारसँग माग गरेको छ । साथै १०० रुमको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रम निर्माणको लागि जग्गा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।

कार्यान्वयनको लागि एनआरएनएद्धारा सरकारलाई अनुरोध गरिएका पाँच बुँदाहरु यस प्रकार छनः

१) १०० रुमको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराइदिन ।
२) वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनको लागि पहल गरिदिन ।
३) नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो छिटो पारित गर्न पहल गरिदिन ।
४) कम्तिमा १० अर्बको एनएरआन नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धी भएका बाधा अड्चन फुकाई दिन हुन सहजीकरण गरिदिन हुन ।
५) वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजिकरण गरिदिन ।

यसैगरी गैर आवासीय नेपाली संघले अन्र्तराष्ट्रिय साधारण सभाको समापन कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीले प्रमुख आतिथ्यता ग्रहण गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us