नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण : गृहमन्त्री खाँड
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
गैरआवासीय नेपाली संघको दशौं महाविशेन उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री खाँडले नेपालको उत्पादन तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए।
नेपालका लागि नेपाली अभियान सार्थक बनाउन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे। सरकार सधैँ गैरआवासीयहरुको साथ र समर्थनमा रहने भन्दै खाँडले नेपालमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका हुने बताए।
गैरआवासीय नेपालीहरुले मागेको गैरआवासीय नेपाली नागरिकता छिट्टै संशोधन गरिने बताए ।