गैरआवासीय नेपाली संघको काम प्रशंसनीय : राष्ट्रपति भण्डारी, आविष्कार केन्द्रलाई रु.१ करोड

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली सघको दसौं विश्व सम्मेलन उद्घाटन गर्दै संघको काम प्रशंसनीय रहेको बताएकी छन् ।  उनले विदेशमा रहेका नेपालीहरुलाई  पर्यटन प्रवद्र्धन गर्न आह्वान गरेकी छिन्।

संघको दशौं महाधिवेशनमा बोल्दै राष्ट्रपति भण्डारीले गैरआवासीय नेपालीलाई सांस्कृतिक पर्यटन दूत भएर नेपाल चिनाउन आग्रह गरिन्।

नेपाल पर्यटनको प्रचुर संभावना रहेको भन्दै विदेशमा बस्ने नेपालीको प्रचारबाट नै पर्यटनबाट लाभ लिन सकिने बताइन्। विदेशमा बसेर पनि नेपालको आर्थिक विकासमा ध्यान दिन सकेकोमा नेपालले उच्च मूल्यांकन गरिने उनले बताइन्।

विदेशमा रहेका नेपालीले कमाएको ज्ञान, सीप र पुँजी नेपालमा प्रयोग गर्दै अघि बढ्नुपर्ने उनले बताइन् । ‘जहाँसुकै रहेपनि नेपालको संमृद्धिका लागि कुनै कुराले छेक्दैन,’ उनले भनिन्।

उनले मातृभूमिको अपेक्षा अनुरुप सद्भाव, सहयोग र सहकार्यका लागि उनले आह्वान गरिन् । ‘आर्थिक विकासमा सहयोग पुर्याउन संघले गरिमा कायम राख्दै जानुपर्छ,’ उनले भनिन् ।

 गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

यसैगरी गैरआवासीय नेपाली संघको दशौं महाविशेन उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री खाँडले नेपालको उत्पादन तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए।

नेपालका लागि नेपाली अभियान सार्थक बनाउन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे। सरकार सधैँ गैरआवासीयहरुको साथ र समर्थनमा रहने भन्दै खाँडले नेपालमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका हुने बताए।

महाविर पुनद्वारा स्थापित आविष्कार केन्द्रलाई एक करोडको पुरस्कार !

नेपालका बैज्ञानिक तथा समाजसेवी महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपियाँको ‘भवन प्राईज’ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

यो पुरस्कार गैर आवाशीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष भन भट्टले शनिवार एनआरएनएको दशौं सम्मेलनका क्रममा यो पुरस्कार घोषणा गरेका हुन् ।

उनले यो पुरस्कार हरेक दुई वर्षमा नेपालको सम्बृद्दी, विकार खासगरि परिवर्तमा महत्वपूर्ण योगदान गर्ने ब्यक्ति वा संस्थालाई दिने घोषणा गरे । पुरष्कारको उद्घाटन राष्ट्रपती विध्यादेवी भण्डारीले गरेकि हुन् ।

यो वर्ष आफूले घोषणा गरेपनि आगामी वर्षदेखि एनआरएनए र आफ्नो संस्था बि एण्ड बी मिलेर यो पुरस्कार दिने उनले आफ्नो मन्तब्यका क्रममा बताए ।

आफ्ना बुवा सामाजसेवी भएकाले उनैबाट प्रेरित भएर सामाजिक काममा योगदान गर्ने प्रेरणा अनुसार यो पुरस्कार स्थापना गरेको उनले बताए ।

आफ्नो जिवनमा जुन कुराले कहिल्यै फाइदा गर्दैन, नकारात्मकता ल्याउँछ, हानी गर्छ त्यसबाट टाढा रहनकालागि खराव चिजबाट बाहिर रहन आफू स्वामी बनेको तर दैनिक जिवनका काम र सक्रियताबाट टाढा नरहेको उनले स्पष्ठ पारे ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us