प्रधानमन्त्री देउवा श्रीलंका नजाने, बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा  श्रीलंका नजाने भएका छन् । यसअघी यही चैत १६ गते उनले श्रीलंकाको भ्रमण गर्ने बताइएको थियो ।

श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने गत फागुन २३ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले घोषणा गरेका थिए । 

‘प्रधानमन्त्रीज्यु  श्रीलंका नजाने हुनु भएको छ। बिमस्टेक सम्मेलनलाई उहाँले भर्चुअल सम्बोधन गर्नु हुनेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us