एनआरएनए र धादिङवासीलाई डेण्टल डक्टर क्लिनिकका सेवामा २५ प्रतिशत छुट
अन्तर्राष्ट्रिय धादिङ समाज र डेण्टल डक्टर क्लिनिक काठमाडौं बिच द्धिपक्षीय सम्झौता भएको छ। दन्त रोग सम्बन्धी सम्पुर्ण उपचारमा २५ प्रतिशत छुट पाउने गरि सम्झौता गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
धादिङ जिल्ला बसोबास गर्ने जो कोहिले पनि उक्त छुट पाउने प्रवक्ता विशेष लोहनीले जानकारी दिए । उनका अनुसार उक्त छुट प्राप्त गर्नको लागि धादिङ जिल्लाबासी भएको परिचयपत्र खुल्ने प्रमाण आवश्यक पर्नेछ । यसैगरी गैर आवासीय नेपालीहरुलाई पनि २५ प्रतिशत छुटमा सम्पुर्ण उपचार गरिने व्यवस्था गरिएको छ।
काठमाडौंको शंखमुलस्थित रहेको डेण्टल डक्टर क्लिनिकमा वि.स. २०८९ साल बैशाख १ गते देखी लागु हुने उक्त सम्झौता २०८१ बैशाख १ गते सम्म जारी रहनेछ । अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुराल र डेण्टल डक्टर क्लिनिक प्राईभेट लिमिटेडका तर्फबाट निर्देशक प्रो.डा. मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।