एनआरएनए बिवाद : शेष घलेको अगुवाइमा नयाँ कार्यसमिति घोषणा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुर्व अध्यक्ष डा. शेष घलेको अगुवाइमा एक पक्षले १० औ महाधिवेशन गरि बिनोद कुवँरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । १० औं महाधिवेशनले २०२१-२०२३ कार्यकालको लागि कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। काठमाडौँको याक एण्ड यति होटलमा २२ देखि २५ मार्च सम्म सम्पन्न हुने महाधिवेशनको बुधबार सम्पन्न बन्द सत्रले नयाँ कार्यसमिति सर्वसहमतिमा निर्विरोध चयन गरेको छ।

नवनिर्वाचित कार्यसमिति

(१)अध्यक्ष- बिनोद कुँवर (साउथ कोरिया)
(२)उपाध्यक्ष-उमेश पुडासैनी (कुवेत)
(३)उपाध्यक्ष-थर्क सेन (बेलायत)
(४)उपाध्यक्ष-बाबु राम लामा (अमेरिका)
(५)उपाध्यक्ष-सुरेन्द्र सिग्देल (अष्ट्रेलिया)
(६)उपाध्यक्ष-महिला-भोमा लिम्बु (अष्ट्रेलिया)
(७)महासचिव-जानकी गुरुङ्ग (बेल्जियम)
(८)सचिव-जुनु गुरुङ्ग (कोरिया)
(९)कोषाध्यक्ष-डिला राम खरेल (अष्ट्रेलिया)
(१०)क्षेत्रीय संयोजक-केशब कडेल (अष्ट्रेलिया)
(११)क्षेत्रीय संयोजक-अमेरिकाज-कृष्ण पोख्रेल (अमेरिका)
(१२)क्षेत्रीय संयोजक-युरोप- उल्का घिमिरे (बेल्जियम)


कुवँर एनआरएनए कोरियाका पुर्व अध्यक्ष हुन् । उनले एसिया प्यासाफिकमा क्षेत्रिय उपसंयोजक संयोजकको जिम्मेवारी सम्हालेका थिए । सन् २००९ देखि एनआरएनएमा काम गर्दै आएका थिए । नव निर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष कुवँरले एनआरएनएमा भुकम्प गएको बेलाको आफुले जिम्मेवारी सम्हाले पनि सबै सँग सहकार्य गरेर अघि बढने प्रतिबद्धता व्यक्त गरे । उनले एनआरएनएको जटिल परिस्थितिमा दिगो तरिकाले राजनीतिको झण्डा बाहिर राखेर सामाजिक संस्था अघि बढाउने बताए । अध्यक्ष कुवँरले प्रमुख संरक्षकले संस्थालाई प्रजातान्त्रिक प्रक्रियामा अघि बढाएकोमा धन्यवाद दिए ।
आगामी १८ महिने कार्यकाललाई राम्रो सँग अघि बढाउनेछु, उनले भने, ‘वर्तमान कार्यसमितिलाई ठुलो चुनौती छ ।’
पुर्व उपाध्यक्ष कुल आचार्य प्रति लक्षित गर्दै अध्यक्ष कुवँरले भने ,’जुन व्यक्तिलाई हामी बोकेर मैदानमा आएका थियौ, ति व्यक्तिहरुहामीलाई छाडेर जानु भयो ।’
पुर्व उपाध्यक्ष सोनाम लामाले प्रजातान्त्रिक प्रक्रियाद्वारा अघि बढाइएकाले नयाँ कार्यसमितिलाई बधाई दिए । नवनिर्वाचित महासचिव जानकी गुरुङले विधान भित्र बसेर नयाँ कार्यसमिति गठन बताइन् । उनले प्रमुख संरक्षक डा. शेष घलेले परराष्ट्र मन्त्रालयले दिएको जिम्मेवारी अनुसार १० औं महाधिवेशन सम्पन्न गरि सर्वसम्मत ढंगले कार्यसमिति निर्माण गरिएको दावी गरिन् । कार्यसमितिको बिहिबार बस्ने बैठकले रिक्त पदहरुमा पदपुर्ति गर्ने जनाइन् ।
नव निर्वाचित कार्यसमितिलाई डा. घलेले बधाई र शुभकामना दिए । उनले एनआरएनए भित्र देखिएको भुकम्पलाई उद्दार गरिसकेको दावी गरे । पुर्व उपाध्यक्ष सोनाम लामाले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए ।

© 2022 All Right Reserved DiasporaNepal