राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखियो : अर्थमन्त्री शर्मा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको बताएका छन् ।

मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनआरएनएमा पनि टुटुफुटको राजनीति देखिएको बताएका हुन् ।

अर्थमन्त्री शर्माले विधानलाई मिचेर काम नगर्न गैरआवासीय नेपालीलाई आग्रहसमेत गरे । उनले भने, ‘टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने अवस्था आएको छ । हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौँ ।’

अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।संस्थाका संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेको प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे ।

शर्माले भने, ‘आफ्नो जन्मभूमिलाई तपाईंहरूले माया गर्नुपर्छ, जति लगानी आउनुपर्ने आएको छैन । अर्थमन्त्री शर्माले भने, ‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउनुपर्यो ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us