एनआरएनए विवादको अन्त्य : अव तीन अध्यक्ष रहने (सहमतिको पत्रसहित)

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा तीन जना अध्यक्ष रहने गरि सामुहिक नेतृत्व प्रणालीमा जाने सहमति भएको छ । आगामी २४ र २५ मार्चमा हुने १० औं महाधिवेशनमा विधान संशोधन गरि तीन जना अध्यक्षात्मक लागु गरि सामुहिक नेतृत्वमा जाने सहमति भएको हो ।
मंगलबार बिहान संघको कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित प्रस्तावित तीन अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य र रवीना थापाले सहमति भएअनुसार विधान सशोधन प्रस्ताब महाधिवेशनमा लगिने छ । अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)महाधिवेशन मार्फत निर्वाचन प्रक्रिया भित्र नपरेका एनआरएनए अभियन्ताहरुलाई नेतृत्वमा लगिने बताइन्छ । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले सरकार र परराष्ट्र मन्त्रालय सँग समन्वय गरि संघ अघि बढन तयार रहेको जनाए ।

प्रस्तावित अध्यक्षका उम्मेदवारहरुले संस्था बचाउन सहमति बाध्यतात्मक भएको दावी गरे । उनीहरुले एक भएर अघि बढने प्रतिबद्धता समेत जनाए । विवाद कसरी अन्त्य भयो भन्ने बारेमा तीनै जनाले स्पष्ट जवाफ दिएनन् । अध्यक्षका उम्मेदवार डा. केसीले व्यक्तिगत स्वार्थ भन्दा माथि उडेर सामुहिक नेतृत्व तीनै जना तयार भएको जनाए । उनले अदालतमा विचारधिन मुद्दाहरु फिर्ता र खारेज हुने जानकारी पत्रकार सम्मेलनमा गराए ।
अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यले संस्था बचाउन एकताको महाधिवेशन गर्न तयार भएको जानकारी दिए । अर्का अध्यक्षका प्रत्यासी रवीना थापाले संस्था बलियो बनाउन आफुले सधै कार्य गर्दै आएको जनाइन् ।

सहमतिको बिज्ञप्ती

© 2022 All Right Reserved DiasporaNepal