एमाले सांसद् बानियाँविरुद्ध बलात्कार मुद्दाको अभियोग पत्र दायर

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

एमालेका निलम्वित सांसद् मोहनलाल बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ ।

अभियोग पत्रमा बानियाँले जाहेरवाली सुर्खेतकी एक महिलालाई नेपालगञ्ज–२ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ । 

बानियाँले होटलको २१५ नम्बर कोटामा सुतिरहेको बेला बिहानको अन्दाजी ५ बजेतिर बलात्कार गरेको अभियोग पत्रमा भनिएको छ । 
सरकारी वकिल कार्यालय बाँकेका अनुसार बानियाँले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) अनुसारको कसूर गरेको तथ्यबाट पुष्टि भएको छ ।

‘…सुर्खेतबाट नेपालगञ्ज ल्याई नेपालगञ्ज–२ स्थित रहेको होटल अप्सराको कोठा नं.२१५ मा राखेकोमा निजले ऐ.१९ गते विहान अन्दाजी ५ः०० बजेको समयमा जाहेरवाली सुतेकै बेला पैसा आइसक्यो ढोका खोल भनि भनेको हुँदा जाहेरवालीले ढोका खोल्दा साथ निज प्रतिवादी मोहनलाल बानियाँ जाहेरवालीको कोठामा प्रवेश गरी जाहेरवालीलाई डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको तथ्य पुष्टि हुन आएको हुँदा प्रतिवादी मोहन बानियाँले मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९) (१) विपरीत दफा (२१९) (२) बमोजिमको जबर्जस्ती करणीको कसूर गरेको पुष्टि हुन आयो’, सोमबार अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ । 

सरकारी वकिल कार्यालयले पीडित महिलालाई मनासिव क्षतिपूर्ति दिलाउन र संहिताको २१९ (३) (ङ) अनुसार सजायको माग दबी पनि गरेको छ । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us