नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: DcNepal

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ ।

बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज रास्ट्रपति र प्रधानमन्त्रीसँग शिस्टाचार भेट गर्नेछन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us