साउदी अरबका परराष्ट्रमन्त्री ३० फागुनमा नेपाल आउने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ – साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। उनी दुई दिने भ्रमणका लागि ३० फागुनमा आएर १ चैतमा उनी फर्कने छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत शुक्रबार यो जानकारी दिएका हुन्।

नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारबीच हुने जनरलको अप्रेशन एग्रिमेन्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।

प्रवक्ता कार्कीले बञ्चरेडाँडा ल्यान्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापन र अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको जानकारी दिए।

राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वको सुर्खेत जिल्लामा रहेको ९ कट्ठा आठ धुर जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि उनले बताए। सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा ७ देखि १८ मार्चसम्म सञ्चालन हुने यूनाइटेड नेशन्स अन द ल, अफ द सी अन द कन्जर्भेसन एण्ड द सस्टेनीबुल युज अफ मेरियन बायोलोजिकल डायभर्सिटी अफ एरियाज बिवान्ट नेसनल जेरिडिक्सन बीबीएन्जीअन्तर्गत इन्टर्न गभर्मेण्टल कन्फ्रेन्सको चौथौ सत्रमा नेपालको तर्फबाट सहभागिताका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको नेतृत्वको भ्रमण स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।

१४ चैतमा अमेरिकाको न्युयोर्कमा हुने गभर्मेण्ट कन्सलटेसन अन द स्टकहम प्लस ५० एलगेसी इन्गेजमेन्ट स्टाटेजी प्रिपेटरी मिटिङसम्बन्धी कार्यमा सहभागी हुन सचिव डा. प्रेम नारायण कँडेललाई स्वीकृत दिने निर्णय पनि सरकारले गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

सरकारले बंगलादेशको ढाकामा ८ देखि ११ मार्च २०२२ मा आयोजना हुने ३६ सेसन अफ द एफएयू डिजिटल कन्फ्रेन्स अन एशिया स्पेशिफिकमा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने, बीउबिजनको किसिम वा जाँच सुचित गरी प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस गरी आए बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

उनका अनुसार सरकारले जीटूजी विधिअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्थाबमोजिम ज्वाइन स्टेरिङ कमिटीमा सहभागी हुन नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय गरेको छ।

त्यस्तै, फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने, राष्ट्रिय भवन प्रविधि अनुशासन केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी टेरिज स्वीकृत गर्ने र पत्रकार दुर्घटना बीमा व्यवस्था पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले बताए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us