संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु

संखुवासभा – संखुवासभामा बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले भने, ‘१३ जनामको शव भेटिएको छ । दुर्घटनास्थलबाट बाटोमा शव निकालेर अस्पताल लैजाने तयारी हुँदैछ ।’संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु
‘पाँचजना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थलमा अरु कोही घाइते वा मृत हुन सक्ने आशंकामा खोजी पनि जारी छ’, उनले भने । आफू घटनास्थल तर्फ जाँदै गरेको डिएसपी सुवेदीले जानकारी दिए ।
सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना भएको हो ।
बसमा कति जना सवार थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।
