एनआरएनए अध्यक्ष पदमा रवीना थापाको उम्मेदवारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रवीना थापाले उम्मेदवारी दर्ता गराएकी छिन् । मंगलबार विहान संघको कार्यालय बालुवाटारमा आफ्ना पतिसहित पुगेकी थापाले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
संघ भित्रको विवाद अन्त्यका लागि अध्यक्ष कुमार पन्तले तीन दिन थप समय उपलव्ध गराएपनि अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा विहानको साइत हेराएर उम्मेदवारी दर्ता गरेको बताइन्छ । अध्यक्ष पदको प्रत्यासीहरु डा बद्री केसी र कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी दर्ता गर्न वाँकी रहेको बेला थापाले पहिले दर्ता गराइन् ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता ११ मार्च साँझ ५ बजेसम्म थपिएको छ । यसअघि उम्मेदवारी दर्ता मंगलबार आज ८ मार्च साँझ ५ बजेसम्म तोकिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal