एनआरएनए पुर्व अध्यक्षहरुको आग्रहमा थप तीन दिन उम्मेदवारी दर्ता

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको उम्मेदवारी दर्ता तीन दिन थपिएको छ । यही २१ २२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारी दर्ता तीन दिन थपिएको हो । संस्थापक अध्यक्ष उपेन्द्र मह्तो, पुर्व अध्यक्ष जीवा लामिछाने र पुर्व अध्यक्ष भवन भट्टको आग्रहमा सहमतिका लागि तीन दिन थप्न संघ अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई पत्राचार गरेपछि तीन दिन समायावधि थपिएको छ । अध्यक्ष पन्तको लिखित पत्रको आधारमा तीन दिन थपिएको समितिको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता ११ मार्च साँझ ५ बजेसम्म थपिएको छ । यसअघि उम्मेदवारी दर्ता मंगलबार आज ८ मार्च साँझ ५ बजेसम्म तोकिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal