एनआरएनए जापान र क्यानाडाले शुल्क बुझाए, युके र अमेरिका प्रक्रियामा : अध्यक्ष कुमार पन्त

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई शुल्क बुझाउन चार राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तयार भएका छन । संघ भित्र प्रतिनिधि (डेलिगेट्स) विवादका कारण आइसीसीलाई शुल्क नबुझाउने पुर्व घोषणाबाट पछि हटेको जानकारी अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई गराएका छन । अध्यक्ष पन्तले पंजीकृत सदस्यहरुको रकम होल्ड गर्ने एनसीसीहरु अमेरिका, युके, जापान र क्यानाडालाई कारवाहीको धम्कीसहित पत्राचार गरेपछि ति एनसीसीहरु वक्यौता रकम तिर्न तयार भएको जानकारी निर्वाचन समितिलाई गराएका हुन् ।
अध्यक्ष पन्तले आइसीसीलाई तिर्न वाँकी रकम नतिरे चार एनसीसीहरु पुनर्गठन गर्ने चेतावनीसहितको पत्र काटेका थिए ।
अध्यक्ष पन्तले जापान र क्यानाडामा एनसीसीहरुले शुल्क बुझाउन सुरु गरेका र वाँकी एनसीसीहरुबाट शुल्क प्राप्त हुने अपेक्षा गरिएको उल्लेख छ । अत: राष्ट्रिय समन्वय परिषद्बाट आधिकारीकता प्राप्त गरी विधानले तोकेको समय भित्र पठाएका प्रतिनिधिहरुलाई मतदानको अधिकार बंन्चित नगर्ने गरी निर्वाचन अगाडि बढाइ दिन पन्तको अनुरोध छ ।
एनआरएनएको १० औं महाधिवेशनद्वारा नयाँ नेतृत्व चयनका उम्मेदवारी दर्ता गर्ने निर्धारित मिति ७ मार्चको एक दिन अघि निर्वाचन समितिलाई लेखेको पत्रमा आइसीसीले लिने रकम प्रक्रिया अघि बढिसकेको उल्लेख गरिएको छ । अध्यक्ष पन्तले समितिलाई गत २२ फेब्रुअरीमा प्रकाशित नामावलीका अनुसार निर्वाचन प्रक्रिया अघि बढाइ दिन अनुरोध गरेका छन् । समितिलाई लेखेको तीन बुँदे पत्रमा राष्ट्रिय समन्वय परिषद्हरुले तोकेको प्रकृया र सदस्यहरुको शुल्क बुझाइ आवेदन दिएका पंजीकृत सदस्यहरुको नामावली प्रमाणिकरण गरी सचिवालयमा पेश गरेको जनाउदै प्रमाणित सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छानिएको उल्लेख छ ।

पत्रमा सदस्यता शुल्क संघको संरचना भित्र प्राप्त भईसकेको र विविधि कारणले सचिवालयमा प्राप्त हुन वाँकी रहेको उनले जनाए । आइसीसीले उक्त शुल्क सचिवालयमा प्राप्त गर्ने सुनिश्चितताको लागि प्रक्रिया अगाडी सारेको जनाइएको छ ।

© 2022 All Right Reserved DiasporaNepal