माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज साेमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हाे ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । 

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची  कार्ययोजना  निर्माण  र संगठन हुनेछ । गत पुसमा सम्पन्न  माओवादीको आठौँ  महाधिवेशनले २४७  केन्द्रीय  सदस्य  चयन गरेको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us