पक्राउ परेका एमालेका नेता तथा सांसद बानियाँ बलात्कार आरोपमा निलम्बित
४ वर्षs अगाडि
डायस्पोरा नेपाल

काठमाडौँ– नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । सभामुख अग्नीप्रसाद सापकोटाले सांसद बाँनिया निलम्बित भएको जानकारी आइतबारको संसद बैठकमा गराएका हुन् ।
सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा बलात्कार आरोपमा उजूरी परेको थियो। उजूरीपछि बाँके प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।
