प्रारम्भिक मतदाता नामावलीमा डा. घलेको असहमति (पत्रसहित)

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशनको प्रारम्भिक नामावली कटौतीको प्रस्ताव पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले निर्वाचन समिति समक्ष राखेका छन । अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई उपलव्ध गराएको नामावली विधान विपरीत रहेको दावी गर्दै करीव एक हजार प्रतिनिधिहरुको नामावली हटाई नयाँ नामावली प्रकाशित गर्नु पर्ने काउन्टर प्रस्ताव उनको छ । उक्त प्रस्तावमा अध्यक्षका प्रत्यासीहरु डा. बद्री केसी, कुल आचार्य र रवीना थापा मध्ये आचार्यको जित सुनिश्चित हुने बताइन्छ ।
प्रस्तावमा विधान विपरीतका समावेश गरिएका करीवल एक हजार मतदातालाई सूचीबाट हटाउन माग समेत गरेका छन् ।

संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधान विपरित चयन भएका १ हजार बढि मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया रोक्न माग गरेका छन । घले संघले हालै गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत हुन्। उच्चस्तरीय समितिमा उनको प्रस्तावमा पुर्व अध्यक्षहरुले साथ नदिएपछि एक्लै निर्वाचन समितिमा पत्राचार गरेको एनआरएनए स्रोतले बतायो ।
डेलिगेट्स (प्रतिनिधि) सूचीको विषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो। उच्चस्तरीय समितिका सदस्य समेत रहेका अध्यक्ष कुमार पन्तले सबै पक्षसँग सम्बाद गरि निर्वाचन समितिलाई प्रतिनिधिहरुको नामावली उपलव्ध गराएका थिए । उच्चस्तरीय समितिद्वारा संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिले कुल ३ हजार ६ सय मतदातामध्ये करिव एक हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको भन्दै कटौती गर्ने प्रस्ताव दुई साता अघि गरेका थिए ।
अध्यक्ष पन्तले बुझाएका करीव ३ हजार ६ सय जना मतदाता कायम गर्ने संघको निर्णयको वैधानिकता पुष्टि हुन नसक्ने दावी घलेको छ ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतदेशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा विवाद भएपछि अध्यक्ष पन्तले २५ र १० प्रतिशितमा ति एनसीसीहरुले पठाएका प्रतिनिधिहरु विना सर्त स्वीकृत गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us