मन्त्रिपरिषद्ले पास गर्‍यो एमसिसीको व्याख्यात्मक टिप्पणी, संसदमा पेश गरिँदै

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Deshsanchar

काठमाडौँ- सत्तारुढ गठबन्धनले एमसिसी पारित गर्ने बाटोका रुपमा ल्याएको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्‌को संसद भवन बानेश्वरमा बसेको आकस्मिक बैठकले पास गरेको छ।

एमसिसीको व्याख्यात्मक टिप्पणी संसद बैठकमा पेश गर्न‍े गरी मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

एमसिसीमाथि सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोध रहे पनि व्याख्यात्मक टिप्पणीको बहानामा एमसिसी पारित गर्न उनीहरु तयार भएका हुन्।

यद्यपि एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादी केन्द्रका गिरिराजमणि पोखरेल तथा अञ्जना बिशंखेले एमसिसीका पक्षमा मतदान नगर्ने स्पष्ट पारिसकेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us