एनआरएनएद्वारा युक्रेनमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीहरुलाई संस्थाको सम्पर्कमा आउने आग्रह गरेको छ । रसियाले युक्रेन माथि आक्रमण सुरु गरेपछि त्यहाँ स्थित नेपालीको सुरक्षामा चिन्ता व्यक्त गर्दै एनआरएनएले सम्पर्कमा आउन अनुरोध गरेको हो । युक्रेनमा करीव ३८ नेपाली बसोवास गरिरहेका तथ्यांक एनआरएनए संग छ ।
बिहिबार एक एनआरएनए प्रवक्ता डिबि क्षेत्रीले जारी गरेको विज्ञप्तीमा गैरआवासीय नेपाली संघ युक्रेन अध्यक्ष हरि मल्ललाई 00380934347700 वा 977-01-4411530इमेल [email protected] मा सम्पर्क राख्न अनुरोध गरिएको छ । संघका अनुसार युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा करीव २ सय भन्दा बढी नेपाली रहेको अनुमान छ । त्यसवाहेक नेपालमा रहेको संघको कार्यालयमा समेत सम्पर्क गर्न सकिने उल्लेख छ ।

© 2022 All Right Reserved DiasporaNepal