एनआरएनएको मुद्दाको अर्को सुनवाई ९ मार्चमा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) मुद्दा लम्बिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध परराष्ट्र मन्त्रालयको भ्याकेट निवेदनको पेशी बुधवारका लागि तोकिए पनि हेर्न नभ्याइने भन्दै ९ मार्चका लागि पेशी तोकिएको हो । अदालतले मुद्दाको चापका कारण हेर्न नभ्याइने सूचीमा राखिएको छ । अव अर्को सुनवाईको मिति मार्च ९ तारिखलाई तोकिएको छ ।

संघको चुनाव रोक्ने तथा कार्यकारी अधिकार संरक्षक परिषदलाई दिने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वय नगर्न र नगराउन भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो। अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परराष्ट्रले गत ४ माघमा भ्याकेट निवेदन दिएको थियो।

भ्याकेट निवेदनको पेशी उच्च अदालतका न्यायधिशद्धय बबिता उप्रेती र मिना गौतम सेडाईको संयुक्त इजलासमा तोकिए पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको हो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us