एनआरएनए युकेले २ अक्टोबरमा नव नियुक्त सल्लाहकारलाई सम्मान गर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आगामी २ अक्टोबरमा सल्लाहकार, संरक्षक परिषद तथा निर्वाचन समितिलाई सम्मान दिने भएको छ । संघको गत सोमबार बसेको भर्चुअल बैठकले नवनियुक्त सल्लाहकार, संरक्षक परिषद् र निर्वाचन समितिलाई सामुहिक सम्मान गर्ने निर्णय गरेको हो ।
आगामी २ अक्टोबर २०२१ शनिबार दि प्यालेस, अल्डरसटमा हुने उक्त कार्यक्रममा कार्यसमितिका नवनियुक्त सदस्यहरुलाई शपथ गराइ युकेवासी मतदातालाई समेत धन्यवाद ज्ञापन गर्ने योजना पनि छ । यो कार्यक्रममा संयोजन गर्ने जिम्मा महासचिव खुशी लिम्बुले लिएका छन ।
त्यसअघि १९ सेप्टेम्बरमा लन्डनमा हुने ग्लोवल हेल्थ कन्फरेन्सपश्चात सोही स्थानमा एक च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम
च्यारिटी विभागको आयोजनामा हुनेछ । बैठकमा अध्यक्ष प्रेम गाहामगरले ‘ग्लोवल हेल्थ कन्फरेन्स’ को तयारीबारे अपडेट गराएका थिए ।

बैठकले कार्यसमितिमा को–अप सदस्य कति जना नियुक्त गर्ने भन्ने विषयमा विधानमा अस्पष्टता देखिएकाले उपाध्यक्षत्रय नारायण कंडेल, रामचन्द्र पोखरेल र गोविन्द खरेललाई विधानको पुनः अध्ययन गरी अर्को बैठकमा कार्यसमितिलाई स्पष्ट पार्ने जिम्मेवारी दिएको छ ।

बैठकले एनआरएनए यूके सल्लाहकारहरुको नामावलीको प्रारम्भिक रुपरेखा राज्य परिषदहरुसंगको सामञ्जस्यतामा सेप्टेम्बर ६ भित्र तयार गर्ने र सेप्टेम्बर १३ को जुम बैठकमा नामावलीउपर कार्यसमितिमा छलफल गरि आवश्यक परिमार्जनसहित उक्त नामावलीलाई सेप्टेम्बर २७ भित्र अन्तिम रुप दिने निर्णय गरेको महासचिव खुशी लिम्बुले बताए।

बैठकमा कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए यूकेको कार्यालय स्थापनार्थ बारेमा जानकारी गराए ।

बैठकमा अध्यक्ष प्रेम गाहा मगरले कोषाध्यक्ष खरेललाई अल्डरसटमा कार्यालय स्थापनार्थ कृयाकलापहरुमा उपाध्यक्ष सुनिलबाबु खड्का र प्रवक्ता भरतमणी चोङबाङसंग पनि आवश्यक सल्लाह सहयोग लिएर कार्य गर्न सल्लाह दिएका थिए ।

बैठकमा कोषाध्यक्ष खरेलले आफ्नो आर्थिक विभागमा सहसंयोजक १, सदस्य सचिव १, सदस्य १ र सल्लाहकार १ गरी चार जना सदस्य मनोनयन गर्ने प्रस्ताव अर्काे बैठकमा ल्याउने भएका छन ।
बैठकमा प्रवक्ता चोङबाङले आफ्नो प्रेस तथा प्रचारप्रसार विभागमा सहसंयोजक १, सदस्य सचिव १ र सदस्यहरु २ गरी बढीमा चार जना सदस्य मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्नेबारे अवगत गराए ।

बैठकमा अध्यक्ष गाहामगर र उपाध्यक्ष कंडेलले अक्टोबरमा हुने संघको अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशनका लागि चुनिएका ६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशत प्रतिनिधिहरुको अन्तिम नामावलीबारे एनआएनए आइसीसी, एनआरएनए यूकेका सदस्यहरु, मिडिया र कार्यसमितिभित्र उठेका जिज्ञासा समाधान गर्ने प्रयास गरेका थिए । बैठकको अध्यक्षता अध्यक्ष प्रेम गाहा मगर र सञ्चालन महासचिव खुशी लिम्बुले गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal