एमसिसी संसदमा टेबुल

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo:Deshsanchar

काठमाडौँ – एमसिसी प्रतिनिधिसभामा टेबुल भएको छ। नेकपा एमालेको नाराबाजीका बीच आइतबारको बैठकमा एमसिसी पेश भएको हो।

माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको विरोध हुँदाहुँदै एमसिसी पेश गरिएको हो।

अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसिसी पेश गरेका हुन्। सन्धि ऐनअनुसारको एमसिसी मन्त्री कार्कीले पेश गरेका हुन्। उनले एमसिसी पेश गर्ने क्रममा नाराबाजी चर्को भएको थियो ।

अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर एमसिसी पेश गरिएको मन्त्री कार्कीले उल्लेख गरेका छन्। एमसिसी संसदकाे सामान्य बहुमतबाट पारित हुन्छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us