एनआरएनए उपाध्यक्ष सोनाम लामाको डेलिगेट्स कटौती प्रस्ताब मध्यपुर्वलाई मान्य छैन : प्रवक्ता क्षेत्री

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


कतार । गैरआवासीय नेपाली संघमा उपाध्यक्ष सोनाम लामाले १० औ महाधिवेशन प्रतिनिधि विवाद मिलाउने नाममा मध्यपूर्वका मुलुकका प्रतिनिधिको संख्या कटौती गर्ने प्रस्ताब उच्चस्तरीय समिति समक्ष राखेपछि चर्काे विरोध भएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य जिताऔ अभियानका संयोजक तथा उपाध्यक्ष लामाले मध्यपूर्व लगायतका ६१ देशका करीव ९ सय प्रतिनिधि हचुवाको भरमा कटौती गर्न लागेपछि मध्यपूर्वका एनआरएनए अभियन्ताहरुले चर्काे विरोध गरेका हुन् ।
मध्यपुर्वका भोटबाट नेता भएका लामाले ल्याएको प्रस्ताबले पिएनओ (पिपल फरम नेपाली ओरजीन) नामको संस्था दर्ता गर्न खोजेको भन्दै प्रवक्ता डिबि क्षेत्रीले आक्रोस पोखे।
‘मध्यपुर्वलाई माथि गरिएको प्रहार सह्य हुन सक्दैन’, उनले भने , ‘सामाचारहरुमा आएजस्तो लामाजीको प्रस्ताब आएको हो भने खेद व्यक्त गर्दछौ । साथै, उच्चस्तरीय समितिलाई त्यस्तो प्रस्ताब सार्वजनिक गर्न माग गर्दछु ।’ संघका प्रवक्ता क्षेत्रीले मध्यपूर्वका श्रमिकहरुप्रति अपमान गर्न खोजिएको भन्दै आपत्ती प्रकट गरे ।

गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको योगदान अन्य क्षेत्रको भन्दा अझ बढी र मजबुद रहेको बताए । उनले संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको रगत र पसिना परेको बताए । कार्कीले संघको विवाद मिलाउने नाममा ठूलो संख्यामा प्रतिनिधि कटौती गरेर मध्यपूर्वलाई दुःख दिने र चिडाउने काम बन्द गर्न आग्रह गरे ।
संघका उपाध्यक्ष सोनाम लामाले एनआरएनए विवाद मिलाउन गठित उच्चस्तरीय समिति संयोजक डा. शेष घले मार्फत करीव ९ सय प्रतिनिधि संख्या कटौती गरि समितिमा १९ देशमा महाधिवेशन प्रतिनिधि शुन्य रहने प्रतिवेदन पेश गरेका थिए । सामाजिक संजाल मार्फत प्रतिवेदन बुझाएको जानकारी लामाले दिएका थिए । सो प्रतिवेदनप्रति विश्वभर छरिएका राष्ट्रिय समितिहरुले आलोचना गरेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us