सोनाम लामाद्धारा उच्चस्तरीय समितिसमक्ष प्रतिवेदन पेश, ९९१ प्रतिनिधि विधान विपरीत रहेको निश्कर्ष

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष सोनाम लामाले उच्चस्तरीय समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्नु भएको छ । उपाध्यक्ष लामाले एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप आफुले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको बताउनु भयो ।

‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने बारे हामीले छानबिन गयौं’, उहाँले भन्नु भयो, ‘छानबिनबाट अहिले दावी गरिए भन्दा फरक सदस्य संख्या मात्र भ्यालीट रहेको पाईएको छ।’

लामाले वर्तमान उपाध्यक्षको नाताले संस्थालाई बचाउन संस्थाको हितमा काम गरिएको बताउनु भयो । उहाँले संस्थाको विधान र नियमावलीलाई आधार बनाउंदा पाएको यथार्थ जस्ताको तस्तै उच्चस्तरीय समितिलाई बुझाएको पनि बताउनु भयो ।

साथै उहाँले प्रतिवेदन यथासमयमा सार्वजनिक हुने बताउँदै संघमा अहिले देखिएको विवादलाई विधिसम्मत ढंगले समाधान गरी जति सक्दो चांडो दशौँ महाधिवेशन तथा चुनाव गराउन उच्चस्तरीय समितिलाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ ।

स्रोतका अनुसार उपाध्यक्ष लामाले बुझाएको प्रतिवेदनमा २ हजार ६४३ प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने निश्कर्ष निकालीएको छ । एनआरएनएमा दर्ता भएका ३ हजार ६३४ जना प्रतिनिनिधि मध्ये ९९१ प्रतिनिधि विधानविपरीत रहेको उल्लेख छ ।

बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकमा लामाले बुझाएको प्रतिवेदन उपर छलफल हुन नसकेको स्रोतको भनाइ छ । चार घण्टा बैठक बसे पनि एजेन्डामा प्रवेश नै नभएको र कुनै निश्कर्ष ननिस्केको बताइएको छ । बैठक आइतबार पुन: बस्ने जनाइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us