चीनको आरोप– अमेरिकाले नेपालमा ‘धम्कीपूर्ण कूटनीति’ सुरु गर्‍यो

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Global Times

काठमाडौं । चीनले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्कीपूर्ण कूटनीति’ (कोअर्सिभ डिप्लोमेसी) सुरु गरेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताएको छ ।

अमेरिकाले फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी पारित गर्न दबाब दिएको छ । यसै विषयमा टिप्पणी गर्दै चीनले यस्तो आरोप लगाएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सम्मेलनमा ‘कोअर्सिभ डिप्लोमेसी’को विरोध गर्ने बताए ।

नेपालको आर्थिक विकास र जीविकोपाजर्ननमा सुधार गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्य/सहयोगको चीनले स्वागत गर्ने तर यो राजनीतिक सर्तविना नेपाली जनताको इच्छामा हुनुपर्ने वाङको भनाइ छ ।

वाङले नेपालको मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नो विकासको बाटो रोज्न र आफ्नो देशको हित र जनताको इच्छा देखाउने निर्णय गर्न नेपाललाई समर्थन गर्न जारी राख्ने पनि बताए । चीनले नेपालको विकासमा सहयोग र समर्थन जारी राख्ने उनले बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us