एनआरएनएको आगामी निर्वाचन : प्रारम्भिक प्रतिनिधि नामावलीकाे प्रकाशन

लण्डन । गैरआवासीय नेपाली संघको मार्च तेस्रो साता निर्वाचन हुन गैरहेको छ जसको प्रारम्भिक प्रतिनिधि नामावली प्रकाशन गरिएको छ । संघको निर्वाचन समितिको पूर्वनिर्धारित कार्यतालिका बमोजिम आज बिहिवार बिहान ११ बजे उक्त नामावली प्रकाशन गरिएको हो ।
निर्वाचन समितिका अनुसार संघको विधानअनुरुप गत अगष्ट महिनाको १५ तारिखभित्र राष्ट्रिय समिति मार्फत केन्द्रमा दर्ता भएका ३६३४ जना नामावली प्रकाशन गरिएको हो ।
निर्वाचन समितिका अनुसार पहिलो चरणमा नामावली प्रकाशन भएकाहरुलाई आगामी फेब्रुअरी २२ तारिखभित्र नपुग भएको कागज र शेल्फि दिने अवसर दिएको छ । सो निर्वाचनमा मतदान गर्न वा उम्मेदवार बन्न चाहनेहरुले संघको स्मार्ट एनआरएनए एप डाउनलोड गरेर आआफ्नो शेल्फि अनिवार्य दिनु पर्ने व्यवस्था गरिएको छ ।
यदि उम्मेदवारले शेल्फि नदिएमा उनीहरुको नाम मतदाता नामावलीबाट स्वतः हट्ने पनि निर्वाचन समितिले जनाएको छ । सो स्थानमा वैकल्पिक सूचिमा रहेका नामहरु समावेश गरिने बताएको छ ।
संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिख अनलाइन मार्फत निर्वाचन हुँदैछ ।
