एमसीसीविरुद्धको प्रदर्शनले दिनभर तनावग्रस्त नयाँ बानेश्वर

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Deshsanchar

काठमाडौँ– राजधानीको नयाँ बानेश्वर क्षेत्र आज दिनभर तनावग्रस्त बन्यो। सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन्।

यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार आजै संसदमा एमसीसी टेबल गर्ने निर्णयबाट पछि हटेको थियो।

प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोर हान्नुका साथै लाठीचार्जसमेत गरेको थियो। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरे। त्यसक्रम केही प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएका छन्।

आज सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकट युवाहरु पनि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।

यस्तै विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा गर्नुका साथै प्रदर्शनसमेत गरेका थिए।

युवाहरुले बुधबार बिहानैदेखि टायर बालेर विरोध प्रदर्शन सुरु गरेका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us