एनसीसी जापान विघटन गर्ने हिराचनको पत्र अध्यक्ष पन्तद्वारा रद्द

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति बिघटन गर्ने पूर्वअध्यक्ष देवमान हिराचन निर्णय अध्यक्ष कुमार पन्तले बदर गरिदिएका छन । अधिकार क्षेत्र नाघेर निर्वाचित कार्यसमिति विघटन गर्ने हिराचनको पत्रलाई पन्तले मंगलबार रद्द गरेका हुन् । उनलाई पत्राचार गरेर चेतावनी समेत पन्तले दिए ।
पत्रमा सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ ।
पन्तले राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।
पन्तले आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाइसकेको जनाएका छन् ।

उनले अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको अवस्थामा निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध समेत गरेका छन् ।

हिराचनले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्च्स्तरीय समितिको निर्णय भन्दै ८ बुँदे पत्र जारी गरेका थिए । सो समितिमा संघका पूर्वअध्यक्ष शेष घले थिए । विवाद मिलाउन जिम्मा लिएका घलेद्धारा गठित कार्यदलको प्रतिवेदन आफु अनुकुल नभएको र उच्चस्तरीय समितिको महाधिवेशन विवाद मिलाउन जारी गरिएको पत्रलाई ८ राष्ट्रिय समितिले अस्वीकार गरे पछि उनी सो समितिबाट पछि हटेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal