महाअभियोग दर्तापछि कानुनमन्त्री भन्छन् – अरु विकल्पले समाधान नदिएपछि बाध्य भएर संवैधानिक बाटो

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसका नेता तथा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले अदालतमा ३ महिनादेखि देखिएको गतिरोध लम्ब्याउन उपयुक्त नहुने भएपछि बाध्य भएर महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन्।
मन्त्री बडूले भने, ‘हामी उहाँ आफैले राजनीमा दिनुहुन्छ कि भन्ने आशामा थियौँ, तर बाध्य भएर संवैधानिक निकास खोजेका हौँ।’
बडूले बितेको ३ महिनामा जबरा आफैले निकास दिने अपेक्षा गरेको र विभिन्न माध्यमबाट कुराकानी गर्दा पनि निकास नआएपछि संवैधानिक बाटोबाट न्यायालयमा देखिएको गतिरोध अन्त्य गर्न बाध्य भएको बताए।
यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले निकासको लागि कुर्दा पनि समाधान नभएपछि यो निर्णयमा पुगेका स्पष्ट पारे।
