एनआरएनए युके स्वास्थ्य बिभाग गठन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा फिलिपिन्समा एम डी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्सगरिरहनु भएको डा. विशाल गुरुङ चयन भएका छन । अल्डरसटस्थित विभिन्न संघ संस्थामा आवद्ध भएका डा. गुरुङ इङ्ल्यान्ड राज्य परिषद बेलायतका प्रबक्ता हुन् । स्वास्थ्य बिभागमा चार विशेष सल्लाहकार छन।

ओरल एन्ड मैक्सिलो फेसियल सर्जन विशेषज्ञ र अन्कोलोजिमा एम. एस्सी गरेका डा. सुनिल साह, ल्यापार्सकोपिक सर्जन विशेषज्ञ तथा नेपिलिज डाक्टर्स एसोसोयन युकेका अध्यक्ष डा. कमल अर्याल, सिनियरवास म्यानेजर पब्लिक हेल्थमा मास्टर्स र पिएचडि प्राप्त डा. ओम प्रसाद गौतम र नेप्लिज डाक्टर्स एसोसियसनका पुर्व अध्यक्ष मनोचिकित्सक विशेषज्ञ डा. चुणा कार्की प्रमुख सल्लाहकार हुन।

यस स्वास्थ्य बिभागका संयुक्त संयोजकका रुपमा नेपालीज नर्सिङ एसोसिएसन युकेका अध्यक्ष रेजिस्टर्ड नर्स सुनिता थापा र गैरआवासीय नेपाली संघ बेलायतका सदस्य एंव ट्रेनी नर्स इन्दिरा खनिया चयन छन् । लन्डनस्थित विभिन्न नेपाली संघ संस्थामा धेरै टेवा पुर्याउनु भएकी डेन्टल नर्सिङका ट्रेनी अन्जु कुँवर सुवालले सचिब पद सम्हाल्ने छन भने सफ्ट वेयर डिभेलपर बलराम सुबेदीले डिजिटल एन्ड टेक्निकल लिडको भुमिका निभाउने छन् । सदस्यहरुमा नेप्लिज नर्सिङ एसोसिएसन युकेका सदस्य रेजिस्ट्रेड नर्स माया केसी बोहोरा र सिनियर हेल्थ केयर एसिस्टेन्ट एंव मेडिसिन एजमिनिस्टरका रुपमा कार्यरत बिष्णु राना छन् ।

© 2022 All Right Reserved DiasporaNepal