रनफेष्टमा ५ सय सहभागी गराउने एनआरएनए इङग्ल्याण्डको लक्ष्य

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


गैरआवासीय नेपाली संघ (एनआरएनए) राज्य समन्वय परिषद् इङ्ग्ल्याण्डले भर्चुअल रनफेस्ट समय केही दिन थप गरेको छ । गत जनवरीमा सकिने मितिलाई केही दिन बढाएर बढी भन्दा बढी सहभागी गराउने नीति अन्तर्गत अन्तिम समयमा आएर सहभागिताको लागि साईन अप गर्ने म्याद बढाएको हो । नयाँ मिति अनुसार आगामी फ्रेवुअरी ९ सम्म नेपाली समुदायले रनफेष्टमा सहभाी हुन पाउने छन । जसमा ५ सय सहभागी गराउने लक्ष्य राखिएको छ ।

गत फ्रेबुअवरी ५ २०२२ शनिबारको दिन एनआरएनए इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद्ले शनिवार पत्रकार सम्मेलन मार्फत भर्चुअल रनफेष्ट अन्तिम चरणको तयारीमा पुगेको जनाएको छ । रनफेष्टमा करीव ५ सय पुर्याउने लक्ष्य राज्य समन्वय परिषद्को छ । यसका लागि १० पाउण्ड प्रवेश शुल्क तिर्नु पर्नेछ ।
रनफेष्ट प्रतियोगिताको तयारीबारे जानकारी दिदै एनआरएनए इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष एलबीजेड गुरूले स्वास्थ्य नै धन भन्ने नाराका साथ रनफेष्टले मानसिक र शारीरिक स्वास्थ्यलाई थप मनोबल पुर्याउन सहयोग पुग्ने बताए । उनकाअनुसार भौतिक रूपमै एभरेष्ट रन वा अरु कुनै पनि सबै समुदायहरुलाई सहभागिता गराउन गराउने नीति लिइएको छ ।
यसैगरी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद्ले संस्थागत गतिविधिलाई सिर्जनात्मक ढंगले बढाएको र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो रनफेस्टले हामीलाई खेलकुदको माध्यमबाट स्थापति हुन थप सहयोग पुग्ने छ, अध्यक्ष मगरले भने ।
प्रतियोगिताका संयोजक बलराम सुवेदीले स्वास्थ्य हुन रनफेष्टले महत्वपुुर्ण योगदान गर्ने बताए । उनले यूकेबाहेक जापान, यूरोप र अमेरिकाबाट पनि सहभागिता जनाउने गरी उत्साहजनक प्रतिक्रिया आएको जानकारी दिए । उनले नेपाली समुदायबाट सहभागिताका लागि सबैभन्दा धेरै आवेदन दर्ता गरिएको जनाए । रनफेष्ट ९९ प्रतिशत नेपाली मूलका समुदायबाट अनलाइन रजिष्टर भएको जानकारी गराए
रनफेष्ट अन्तर्गत ततउकस्ररलचलब(भकअअ।यचनरकष्नल(गउर मा गएर नाम दर्ता गर्न सकिने छ । दर्ता गरिसकेपछि फेब्रुअरी १५ तारिखसम्म एक पटक पाँच किलोमिटर दौडेर, हिँडेर वा साईकल गरेर रनफेस्ट पूरा गरेको प्रमाण सोही वेभसाइटमा क्गदmष्त थयगच चभकगति भित्र पसेर बुझाउनुपर्ने हुन्छ । दौड पूरा गरेका सबै सहभागीहरूलाई प्रमाण(पत्र र मेडल प्रदान गरिने छ ।
परिषद्का प्रवक्ता डा. विशाल गुरूङले विभिन्न नेपाली समाजहरूले समेत प्रत्यक्ष र सामूहिक रूपमा दौडेर रनफेस्ष्टलाई प्रचार गर्दै सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा सहजकर्ताका रुपमा सहसचिव अहिल्या कुँवरले भुमिका निर्वाह गरेकी थिइन् । प्रवक्ता गुरूङले स्वागत मन्तव्य राखेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal