थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ।

बिहीबार ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार २६ पीसीआर तथा २ हजार ५७९ एन्टिजेन परीक्षण भएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us