बिहीवार निर्वाचनको मिति घोषणा नभए देशभर आन्दोलन गर्ने एमालेको निर्णय

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Lokaantar

सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय एमालेले गरेको छ ।

बुधवार बसेको भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके देशभर दबाबमूलक कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

त्यसै गरी एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

सचिवालय बैठकले एमालेको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए ।

एमालेले पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको गुरूङले जानकारी दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us