देउवा र प्रचण्डबीच भेटवार्ता

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

देउवा र प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा स्थानीय तहको निर्वाचन, एमसीसीलगायत समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचन आउँदो जेठ मसान्तभित्र गर्न सत्ता गठबन्धनमा सहमति जुटेको छ । निर्वाचनका लागि ऐन संशोधन गर्ने तयारी छ । सोही विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीका कारण गठबन्धन टुट्न सक्ने चर्चा व्यापक छ । तर, गठबन्धनका नेताहरूले एमसीसीकै कारण गठबन्धन नटु्ट्ने दाबी गर्दै आएका छन् । सोही विषयमा कुराकानी भएको बताइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us