कोरोना संक्रमण ओरालो लाग्दै, पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ४० कोरोना संक्रमित
४ वर्षs अगाडि
डायस्पोरा नेपाल

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार माघ १३ गतेदेखि १६ गतेसम्म प्राप्त भएका तथ्याङ्कका अनुसार चार दिनमा जम्मा ३२ जनाले कोभिड—१९ कारण ज्यान गुमाएका छन् ।
यस्तै आइतबार ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ९ हजार ९ सय १० पीसीआर तथा ३ हजार २३५ एन्टिजेन परीक्षण भएको छ ।
