पत्रकार एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Lokpath

टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ । नेपाल पत्रकार महासङ्घले घटनाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन निश्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ ।

नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राही मैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

सर्वोच्च अदालतले कोभिड–१९ बाट सङ्क्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न २०७७ असोज १५ गते आदेशसमेत जारी गरेको सन्दर्भमा महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासङ्घ सरकारसँग आग्रह गर्दछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us