एकीकृत समाजवादीका ५४ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

स्बिरः रत्न श्रेष्ठ/ रासस

काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन् ।

बुधबार निर्वाचन आयोग पुगेर उनीहरुले सनाखत गरेका हुन् । सनाखतका लागि ३३ जना सांसद निर्वाचन आयोग पुगे पनि ४ जनाको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको थियो । दल दर्ताको निवेदन दिँदा हस्ताक्षर नभएका ४ सांसदले हस्ताक्षर गर्न नपाएका हुन् ।

नयाँ दलले मान्यता पाउनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुग्नु पर्ने कानूनी बाध्यता छ । एमालेका २०३ केन्द्रीय सदस्य मध्ये ५४ जनाले हस्ताक्षर गरेका कारण माधव नेपालको पार्टीले मान्यता पाउने देखिएको छ ।

सनाखतपछि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता विरोध खतिवडाले आफ्नो पार्टी गठन गर्न बिभिन्न अवरोध सिर्जना गर्न खोजिएको आरोप लगाए । उनले चूनाव चिन्ह महत्वपूर्ण नभएको र विचार महत्वपूर्ण रहेको बताए । आफुले भोट हालेर बनाउको सरकारलाई पूर्ण समर्थन रहेको उनले बताए ।

त्यस्तै नेतृ रामकुमारी झाँक्रीले सनाखतका लागि नाम भएका व्यक्तिलाई रोक्न नमिल्ने बताइन् । उनले आफ्नो पार्टी दर्ता नगर्न दवाव आएको आरोप लगाइन् ।

त्यस्तै नेता गंगालाल तुलाधरले शशरिर उपस्थीत भएर सनाखत गरेको र आफ्नो पार्टीले अव मान्यता पाउने दावी गरे ।

नेकपा एमालेबाट छुटिट्ने निर्णय गर्दै माधव नेपाल पक्षले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । निवेदनका आधारमा आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुलाई बुधबार आयोग बोलाएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal